भोजपुरका युवाको कोरियामा मृत्यु

भोजपुरका युवाको कोरियामा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ । पाँच वर्षदेखि कोरियामा कार्यरत भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ का ३५ वर्षीय अमिन राईको सोमबार कोरियामा ज्यान गएको हो ।

काम गर्दागर्दै रिंगटा लागेर ढलेपछि अस्पताल लगिएका राईलाई अस्पतालले मृत घोषणा गरेको उनका काका धनकुमार राईले जानकारी दिए । अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।