काठमाण्डु – भोटेकोशी नदीमा बाढीको बहाव घटेपछि रसुवा, नुवाकोट र धादिङमा बाढीको जोखिम हटेको छ । आइतबार बिहान भोटेकोशीमा पानीको बहाब बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटले नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको जनाएको छ।
महाशाखाले आइतबार बिहान ६ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मको नदी तटीय क्षेत्रमा हाललाई ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।
यसअघि आइतबार बिहान नै भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना पाएपछि तटीय क्षेत्रमा सतर्कता अपिल गरिएको थियो। स्थिति सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतहको निरन्तर अनुगमन गरिरहेका छन्।





प्रतिक्रिया