काठमाण्डु– नुवाकोटको बेत्रावतीमा भोटेकोसीको बाढीले पुरिएको एउटा घरबाट २० भन्दा बढीको शव फेला परेको छ।
साेमबार खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरको एउटै कोठाबाट २१ वटा र घरबाहिरबाट थप २ वटा शव निकालेका हुन्।
तीनतले घरको माथिल्लो भागमा ती शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको छ ।
फेला परेका शवहरूको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। ती पोस्टमार्टमका लागि शवहरू काठमाण्डु स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
प्रहरीले घटनास्थलमा थप खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।




प्रतिक्रिया