काठमाण्डु– गत भदौ १० गते गएको भोटेकोसी बाढीमा परि अझैं ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको पाइएको हो ।
रसुवामा सम्पर्कविहीन हुनेमा १ हजार ३९३ जना स्थानीय बासिन्दा र अन्य जिल्लाका १ हजार २८६ जना रहेका छन्। यस्तै, जिल्लामा कार्यरत ७३ जना सरकारी कर्मचारी, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार नुवाकोटमा १ हजार ९८१ जना सम्पर्कविहीन भएका छन्। बाढीमा परी ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
हालसम्म बाढीमा परी १ हजार ३५७ जनाको शव फेला परेको छ। तीमध्ये १०२ जनाको शव परिवारलाई बुझाइएको छ भने अन्य शवको पहिचान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ। नेपाली तथा विदेशी टोलीले विभिन्न क्षेत्रमा खोज तथा उद्धार गरिरहेका छन्।




प्रतिक्रिया