भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाद्वारा सहयोग हस्तान्तरण

भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाद्वारा सहयोग हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न तीन नेपाली संस्थाहरूले परराष्ट्रमन्त्री शिशिर खनाललाई २ लाख २६ हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गरेका छन् ।

मन्त्री खनाललाई एनएच नेपाली समाजले १ लाख २० हजार अमेरिकी डलर, अमेरिकन नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले ९३ हजार अमेरिकी डलर र गुरुङ सोसाइटीले १३ हजार अमेरिकी डलर राहत सहयोगको चेक हस्तान्तरण गरेको हो ।

चेक ग्रहण गर्दै मन्त्री खनालले बाढीबाट प्रभावित नेपालीप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि सम्बन्धित संस्था तथा नेपाली समुदायप्रति आभार व्यक्त गरे ।