सर्वेक्षक सञ्जीवकुमार यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सर्वेक्षक सञ्जीवकुमार यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी व्यवसायी रामबाबु भुजेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूमाथि जग्गा हालसाविक गरिदिने भनी ४ लाख रूपैयाँ घूस लिएको आरोप छ।

यादव र भुजेललाई अख्तियारले चार लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।