बैतडीमा राति भूकम्पको दुई धक्का

बैतडीमा राति भूकम्पको दुई धक्का

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । यस्तै राति २ बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो ।

राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए ।
भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।