काठमाण्डु– शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन ।
युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको थियो ।
देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताएको छ । एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ ।
भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु सहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
प्रतिक्रिया