काठमाण्डु– गोरखामा एकाबिहानै भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पले के कति क्षति पुर्यायाे भन्ने जानकारी प्राप्त नभएकाे भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।




प्रतिक्रिया