काठमाण्डु इन्डोनेसियामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ६ : ४८ बजे मुलुक्का समुद्रमा गएको थियो।
भूकम्पको केन्द्रबिन्दु टर्नेट शहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो।
हवाईस्थित सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटरको दायराभित्र इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रहरूमा छालहरू पुग्ने सम्भावना रहेको बताएको छ।




प्रतिक्रिया