बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ। यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५।९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो । त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।