बझाङ केन्द्रबिन्दु भएर फेरी ५.३ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरी ५.३ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बझाङ केन्द्रबिन्दु भएर पुनः ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले बझाङको मष्टा गाउँपालिकाको भाटेखोला केन्द्रबिन्दु बनाएर आज (शनिबार) ११ बजेर ४५ मिनेटमा भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा महसुस गरिएको छ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युड र ३ बजेर ६ मिनेटमा फेरी ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको थियो। मंगलबारको भूकम्पपछि आज बिहान गएको पराकम्प सबैभन्दा ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।