काठमाण्डु – राजधानी काठमाण्डुमा फेरि भूकम्पको धक्का महसूस भएको छ ।
साँझ साढे ५ बजेतिर लगातार २ पटक धक्का महसूस भएको छ ।
आईतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पनहरू महसूस भइरहेका छन् । आज बिहान ७ः३९ बजे धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । आईतबार बिहान ८ः८ बजे सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।




प्रतिक्रिया