भुकम्प अपडेटः पश्चिम रुकुममा ठूलाे क्षति, १४ जनाको मृत्यु

भुकम्प अपडेटः पश्चिम रुकुममा ठूलाे क्षति, १४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । उक्त भुकम्पमा परिरुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १४ जनाको ज्यान गएको छ ।

पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना, वडा नं १३ मा ३ जनासहित जम्मा १४ जनाको मृत्यु भएको हो ।

त्यस्तै सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताए । उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए ।

त्यस्तै चौरजहारी नगरपालिका ७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।

यता रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको छ । मध्यरातीमा समय भएकाले पुरै विवरण आउन सकेको छैन ।

भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।