भूमिसुधार तथा मालपोत कार्यालयमा सुरु भयो सरलीकृत फारम

भूमिसुधार तथा मालपोत कार्यालयमा सुरु भयो सरलीकृत फारम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालयहरुमा भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको छ ।

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धी सेवा उपलब्ध गराउन यस सेवाको शुभारम्भ गर्नु परेको स्पष्ट पारिन्।

३४ वटा भूमिसुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्नसक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। मन्त्रालयले एक वर्ष भित्र देशभर रहेका १ सय ५ वटै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ।