भूमिगत सशस्त्र समूहका ६०० बन्दी

भूमिगत सशस्त्र समूहका ६०० बन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ं – सरकारको नजरमा विभिन्न अपराधमा संलग्ष्न रहेका सशस्त्र भूमिगत तथा अर्धभूमिगत समूहका नाममा ६०० कैदीबन्दी छन्। सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्न आएका विभिन्न राजनीतिक समूहले पेश गरेको विवरणअनुसार अपराधमा संलग्न रहेका करिब ६०० कैदीबन्दी छन्।

संगठित अपराध, हत्या, आगलागी, अपहरण, चन्दा संकलन, फिरौती, चोरी, डकैतीजस्ता मुद्दामा कारागारको सजाय भोगिरहेका कैदबिनदी रहेको समितिले जनाएको छ। वार्ता समितिले सबै विषय टुंग्याउनेगरी अदालतबाट मुद्दाका मिसिलसमेत मगाएर हेरेपछि कैदीबन्दीको संख्या यकिन भएको हो।

सरकारले द्वन्द्वरत तथा असन्तुष्ट पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न भदौ ८ मा मन्त्रिपरिषद बैठकले सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो। संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका समूहसँग समितिले वार्ता गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।