काठमाडौं – न्यायपरिषदले न्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रबमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले जोशीलाई वरिष्ठतम न्यायाधीशको वरीयताबाट हटाएर दीपककुमार कार्कीलाई ल्याएको छ।
जोशी वरिष्ठतम न्यायाधीशका रूपमा अहिलेसम्म सर्वोच्च अदालतको १ नम्बर चेम्बरको इजलासमा बस्थे। बुधबार पदभार ग्रहणसँगै घोषणा गरेअनुसार प्रधानन्यायाधीश राणाले जोशीलाई इजलास पनि तोकेका छैनन्।
जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गरिए पनि महाभियोग, वा राजीनामा नआएसम्म ६५ वर्ष नपुगुञ्जेलसम्म पदमा बहाल रहनसक्ने भएकाले न्यायपरिषद् र प्रशासनिक कामकारवाहीमा असहज हुने देखिएको छ। जोशीले आफूनिकटसँग राजीनामा नदिने, निरन्तर अदालत जाने भनाइ राखेका छन्।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।




प्रतिक्रिया