काठमाण्डु – नियुक्त हुन बाँकी ६ जिल्लाका भूमि आयोगका अध्यक्ष नियुक्त भएका छन् ।
नवनियुक्त जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराएसँगै शुक्रबार देशैभरका भूमि आयोगले पूर्णता पाएको छ । यसअघि ७१ जिल्लाका अध्यक्ष नियुक्त गरिएका थिए ।
भूमि आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी, जुम्लामा सुरतबहादुर शाही, बझाङमा प्रयागराज जोशी, तेह्रथुममा गणेशबहादुर सोदेम्बा, कञ्चनपुरमा नेत्रप्रकाश पन्त र सप्तरीमा अखिलेशकुमार झा नियुक्त भएका छन् ।
मन्त्री अधिकारीले भूमि आयोगमा अध्यक्ष नियुक्त भएसँगै आगामी हप्ताभित्र सबै जिल्लामा भूमि आयोगले पूर्णता पाउने बताए । जिल्ला भूमि समस्या समाधान आयोगमा १ अध्यक्षसहित ५ जनाको आयोग बन्ने व्यवस्था छ ।
नेपालको संविधानमा भएको व्यवस्थाअनुसार ३ वर्षभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या हल गरेरै छाड्ने उनले बताए ।




प्रतिक्रिया