भूमि आयोग विघटनविरुद्धको रिटको सुनुवाइ आज

भूमि आयोग विघटनविरुद्धको रिटको सुनुवाइ आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार सुनुवाइ हुँदैछ । विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीतर्फबाट दायर गरेको रिटको शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि सो रिटमा सर्वोच्च अदालतले आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ । सरकारले गत १९ साउनमा आयोग विघटन गर्ने निर्णय गरेको थियो ।