थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, को-को भए ? (सूची)

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, को-को भए ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४३ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई काठमाण्डुमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।