काठमाण्डु – कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि कारण पत्ता लाग्न सकेको छैन् । घटना भएको करिब एक साता भइसक्दा पनि प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन ।
बडुवालको हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टीम खटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अनुसन्धान टीमलाई सघाउन सीआइबीको टीम खटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्म बहादुर बोहराका अनुसार सीआइबीको टीम आज काठमाण्डुबाट कैलाली पुगेर काम सुरु गर्ने छ ।
गएको मंगलबार राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो ।
हत्यामा हालसम्म ९ जना पक्राउ परेका छन् । सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कुनै ‘गुत्थी’ पत्ता नलागेको प्रहरीले जनाएकाे छ ।
घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया