बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण


काठमाडौं – काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङतर्फ भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । उनले ६४ केजी तौलसमुहमा भारतका मनिष कौसिकलाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भुपेन्द्रले जितेको स्वर्ण पदक जारी बक्सिङ्मा दोस्रो स्वर्ण पदक हो । यसअघि आजै मिनु गुरुङले पहिलो स्वर्ण पदक जितेकी छन् । योसँगै नेपालको स्वर्ण पदक संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement