काठमाण्डु– नेविसंघले पद्मकन्या क्याम्पसको स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको बताएको छ ।
बागी उम्मेदवारी दिएकी भूपी ऐरलाई नै संगठनले आधिकारिक उम्मेदवार बनाएको हो ।
निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।
यअसघि नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन् ।
त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो ।





प्रतिक्रिया