काठमाण्डु- घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार लेडका भुसाल माधवकुमार नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
मंसिर ४ मा भएको संघीय चुनावमा भुसाल रुपन्देही १ बाट पराजित भएका थिए। भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।
एमालेले प्रतिनिधि सभा निर्वाचनमा भुसाललाई टिकट नदिएपछि भुसालले पार्टी नै परित्याग गरेका थिए।




प्रतिक्रिया