एजेन्सी – भुटानमा सैनिक ‘कू’ को प्रयास असफल भएको छ । सैन्य ‘कू’ गराउन खोजेको आरोपमा एक सैनिक अधिकारी र न्यायाधीशलाई पक्राउ गरिएको छ ।
सैनिक ‘कू’ गराउन खोजेको आरोपमा सरकारले आरोपमा सुप्रीम कोर्टका दुई न्यायाधीश र सेनाका अधिकारीलाई नियन्त्रणमा लिएको छ । पुलिसकाअनुसार ती तीन जनाले भूटानका चीफ जस्टिस, सेना प्रमुख र वरिष्ठ कानून अधिकारीलाई पदबाट हटाउन खोजेका थिए ।
बुधवार प्रहरीले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कुएन्ले शेरिङ्ग, पूर्व सैन्य अधिकारी र पूर्व शाही गार्ड कमाण्डर ब्रिगेडियर थिनले तोबगे र सहयोगी न्यायाधीश येसे दोर्जीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुविरुद्ध थिम्फु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दाको सुनुवाई १० दिनपछि हुने बताइएको छ ।
तीनै जनाले उच्च ओहदामा बस्नका लागि षडयन्त्र गरेका बताइएको छ । उनीहरुको उद्देश्य आरबीएका प्रमुख अपरेटिङ्ग अफिसर, सर्वोच्च अदालतका चीफ जज र सर्वोच्च अदालतको अटर्नी जनरल वा रजिस्ट्रार जनरल बन्ने थियो ।
भुटान प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश तार्शिंग र जिल्ला न्यायाधीश येशी दोर्जीलाई पक्राउ गरेको छ । न्यायाधीश तार्शिंगलाई उनको घरमा नजरबन्दमा राखिएको थियो ।




प्रतिक्रिया