भुटानी शरणार्थी प्रकरण: १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

भुटानी शरणार्थी प्रकरण: १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो।

अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएकाे छ । समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर, प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो।