भूठानको ट्रेलरमा हरिवंशको फरक अवतार

भूठानको ट्रेलरमा हरिवंशको फरक अवतार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म भूठानको ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ।

जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ। उनको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ।

विष्णु केसीको भूमिकामा देखिएका उनी भुटानी नागरिक हुन्छन्। जो सन् २०८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी समेत हुन्। तर, देशकाल र परिस्थितिले नेपाल हुँदै अमेरिकामा पुग्छन्।

अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर मुद्रामा देखिएका छन्। जो आफ्नो जन्मथलो फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको ट्रेलरमा देख्न सकिन्छ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन्।
विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ।

फिल्मको प्रमुख निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन्।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छाड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ। फिल्म वैशाख १२ गते रिलिज हुँदै छ।