विषादी परीक्षण प्रकरण : सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

विषादी परीक्षण प्रकरण : सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

विषादीयुक्त तरकारी आयात गर्दा गुणस्तर परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै स्वतन्त्र अभियान नेपालका तर्फबाट अधिवक्ता स्वागत नेपालले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

सरकारको निर्णय उपभोक्ताको अधिकारविरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ । तरकारी र फलफूल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण गर्न अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।