न्यूरोडमा फुटपाथ बनाउने महानगरकाे योजनामा सडक बिभागले हस्तक्षेप गरेपछि…

न्यूरोडमा फुटपाथ बनाउने महानगरकाे योजनामा सडक बिभागले हस्तक्षेप गरेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ ।

सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेपछि विवाद भएको हो । सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ ।

काठमाण्डु महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ । सडक बिभागले गरिरहेको पिच महानगर प्रहरीले रोक्न प्रयास गरेपछि सडक विभाग र महानगर प्रहरीबीच विवाद भएको हो ।

यसअघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।