काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिप सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवकले पेजमा रिच बढाउन भ्रम फैलाएको स्वीकार गरेका छन् ।
प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।
प्रहरीको प्रारम्भीक बयानमा थापाले संचालन गरेको पेजमा रिच र इन्गेजमेन्ट वृद्धि गर्न भ्रम र अफवाह फैलाएको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।
कोही कसैले अफहवा फैलाए त्यस्ता मानिसलाई क वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ ।
मगरमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए ।
उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।




प्रतिक्रिया