विवेकशील साझाको एकता सभा : संयोजक पाण्डे समूहको बहिष्कार

विवेकशील साझाको एकता सभा : संयोजक पाण्डे समूहको बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाण्डुमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिष्कार गरेको छ । विकेकसिल साझा पार्टीले कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स डिस्कशन फोरम र एसपी साह सारथी अध्यक्ष रहेको राष्ट्रिय जनता दरबार पार्टी संग एकीकरण गर्ने निर्णय गरेको थियो ।

गत कात्तिक २८ गते गरेको निर्णयअनुसार आज घोषणा सभा आयोजना गरिएको हो । तर आजको कार्यक्रम पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरूले बहिष्कार गरेका छन् ।

एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको पाण्डे पक्षको आरोप छ ।