मिलन पाण्डे बने विवेकशील नेपालीको अध्यक्ष


काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।

मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशीलको राष्ट्रिय सम्मेलनमा आफ्ना प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै मंगलबार पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शिवप्रसाद थापाले ३७ प्रतिशत मत प्राप्त गरे। सो मतदानमा ५ प्रतिशत मत नो भोटमा खसेको थियो ।

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् भने उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुँदैछ । सम्मेलन कात्तिक २ गतेसम्म चल्ने विवेकशीलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement