विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता, थपिए ४५ केन्द्रीय सदस्य (सूचीसहित)

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता, थपिए ४५ केन्द्रीय सदस्य (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझाले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकताको घोषणा गरेको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमबीच सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन् । साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकसन फोरमबाट ३१ र राष्ट्रिय जनता दरबार पार्टीका १४ जना गरि कुल ४५ जना नयाँ सदस्यहरू थपिएका छन् ।

त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका ११ जना सदस्यहरू थपिएको घोषणापत्रमा उल्लेख छ । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय बनेको छ ।

थपिएका केन्द्रीय समिति सदस्यको नामावली–

सिटिजन्स डिसकशन फोरमबाट

१. कर्ण बहादुर शाही
२. नारायण प्रसाद कोइराला
३. जयप्रकाश गुरागाईं
४. रमेश श्रेष्ठ
५. डा नन्द प्रसाद काप्री
६. विकास श्रेष्ठ मानव
७. राजु वस्याल
८. धर्मराज शाक्य
९. राकेश कृष्ण अमात्य
१०. सुरेश अर्याल
११. शान्ती ढुङ्गाना
१२. विपना शर्मा
१३. तारा सापकोटा
१४. डा पुर्ण शाही
१५. लक्ष्मी अधिकारी
१६. मुना अधिकारी
१७. दुर्गा कार्की
१८. माधव भण्डारी
१९. रमेश नेपाल
२०. धर्म मानन्धर
२१. सौरेन्द्र बहादुर शाह
२२. लक्ष्मण सिटौला
२३. उत्तम निरौला
२४. रोशन शिवाकोटी
२५. सुदर्शन शर्मा
२६. शान्ता गिरी
२७. विन्दु हमाल
२८. चन्द्रावती ढकाल
२९. रविना अमगाईं
३०. गोपाल प्रसाद भण्डारी
३१. चन्द्रिका ढकाल

राष्ट्रिय जनता दरबार पार्टीबाट

१. एसपी साह सारथी
२. निरज थापा
३. श्रीराम पाण्डे कल्पित
४. डम्बर खत्री
५. सन्तोष चौहान
६. नरेश चौलागाईं
७. सुरज भारद्वाज बोहोरा
८. टिकाराम बर्तौला
९. विनोद कुमार रायमाझी
१०. रिता पाठक
११. वसन्ती ज्ञवाली
१२. रचना सापकोटा
१३. प्रमोद उप्रेती
१४. अमृता चौलागाईं

केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूको नामावली:

१. कर्ण बहादुर शाही
२. नारायण प्रसाद कोइराला
३. जयप्रकाश गुरागाईं
४. राकेश कृष्ण अमात्य
५. डा नन्दप्रसाद काप्री
६. विकास श्रेष्ठ मानव
७. एसपी साह सारथी
९. निरज थापा
१०. श्रीराम पाण्डे कल्पित
११. विनोद कुमार रायमाझी