विवेकशील साझाको निर्वाचन परिचालन समिति गठन, को-को परे ? (सूचीसहित)

विवेकशील साझाको निर्वाचन परिचालन समिति गठन, को-को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धवराज भेटुवाल सदस्य रहेका छन् ।

त्यस्तै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ ।

सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको छ ।

त्यस्तै, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको विवेकशील साझाले जनाएको छ ।

पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्नेछ। प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन् ।