काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डले पार्टीको छुट्टै केन्द्रीय समिति घोषणा गरेका छन् । आन्तरिक शक्ति संघर्ष चुलिएको बेला संयोजक पाण्डेले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति घोषणा गरेका हुन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग शक्ति संघर्षकैबीच उनले २०१ सदस्यीय समानान्तर समिति घोषणा गरेका हुन् ।
प्रवक्ता हरिप्रसाद भट्टद्धारा जारी विज्ञप्तिमा विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र–२०७७ र वैकल्पिक राजनीतिको मूल बाटोलाई आधार बनाएर सुदृढीकरण अभियानलाई अघि बढाइने उल्लेख छ । विवेकशील साझा पार्टीको हाल कायम केन्द्रीय समितिलाई समेत समेटेर २०१ सदस्यीय केन्द्रीय समिति बनाइएको हो ।
पार्टीका वरिष्ठ नेता, राजनीतिक संवाद समिति संयोजक तथा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश संयोजकहरू, अन्तर्राष्ट्रिय समिति संयोजक, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिवहरु अमित पाठक र रविन्द्र उपाध्याय, पार्टीको केन्द्रीय सचिवालय, केन्द्रीय समिति, महिला, ज्येष्ठ नागरिक लगायतका आङ्गिक सङ्गठनका महत्त्वपूर्ण नेताहरू, प्रदेश, जिल्ला, गाउँ–नगर तथा प्रवासमा समेत सङ्गठित पार्टी सदस्य तथा शुभचिन्तक लगायत हाल पार्टीमा क्रियाशील महत्त्वपूर्ण सबैजसो नेता पार्टी सुदृढीकरण अभियानमा सहभागी हुने जनाइएको छ ।
थपिएका नयाँ केन्द्रीय सदस्यहरु :
प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा. बोध राज पराजुली, सुबास भारती, ई. प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा. फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुबास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने(चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के.सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा. गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल रहेका छन् । अन्य १७ जना भने दोस्रो चरणमा घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया