विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता घोषणा बुधबार हुँदै

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता घोषणा बुधबार हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण घोषणा बुधबार हुने भएको छ । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार अपराह्न साढे तीन बजे दुई पार्टीबीच एकीकरण हुने लागेको हो ।

साझापार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत एकीकरणपछि बनेको विवेकशील साझा पार्टी देशको वास्तविक रुपान्तरणको संवाहक हुने दावी गरेका छन् ।

उनले विगतका कमजोरीप्रति क्षमा याचना समेत गरेका छन् । उनले भनेका छन्, ‘हामी एक हुँदैछौँ । विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ । तपाईंको साथले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ ।’