कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार (भोलि) एक बजेसम्मका लागि स्थगित गरिएकोे छ ।

संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार एक बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे बेल घेरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।