प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (विनियोजन विधेयक) पारित भएको छ ।

सभामुख अग्नि सापकोटाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । बुधबार बजेटमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपीशर्मा ओलीले नै जवाफ दिएका छन् ।

विभिन्न सांसदहरुले गरेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम), प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कंडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि।सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्र बहादुर कार्की, गगनकुमार थापा, अतहर कमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए ।

गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

जसमा ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याइएको छ । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब छुट्याइएको छ ।