काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरि अवरोध गरेपछि सभामुख कृष्णबहादरु महराले बैठक बुधबारसम्मलाई स्थगित गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने र आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको थियो ।
बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि प्रधानमन्त्री ओली सम्बोधनका लागी गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए ।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको थियो ।




प्रतिक्रिया