बिध ल्यावमा एक सातासम्म विभिन्न परीक्षण गर्दा ४० प्रतिशत छुट

बिध ल्यावमा एक सातासम्म विभिन्न परीक्षण गर्दा ४० प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छोटो समयमै लोकप्रियता कमाएको बिध ल्याबले पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।

ललितपुरको कुपण्डोस्थित यूएन पार्क नजिकै रहेको यस ल्याबले आज दिनभर पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, एक सातासम्म सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले काठमाण्डुबाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय बिस्तार गरिरहेको छ । कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले स्थापनाकाल देखि नै सरकारलाई सहयोग गर्दै अघि बढिरहेको छ ।

यस ल्याबले एक वर्षको अवधिमा एक लाख ३० हजार पिसिआर परीक्षण गरिएको जनाएको छ । त्यस्तै, अन्य ५० हजार प्याथोलोजी परीक्षण गरिएको जनाइएको छ । कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिण्डर आयात गरेको थियो ।

बिध ल्याबका अध्यक्ष तथा संचालक बिके भण्डारीले कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधरणलाई आफूहरुसँग सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन् । महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले बताए ।