पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाण्डु- सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन हाे । सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेकाे थियो ।