शुक्लागण्डकी नगरपालिकामा भोलि सार्वजनिक बिदा

शुक्लागण्डकी नगरपालिकामा भोलि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाले भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

हरिबोधनी एकादशी मनाउन शुक्लागण्डकीले सार्वजनिक बिदा दिएको छ ।

भोलि बिहीबार हिन्दु धर्मावलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाउँदैछन् । सार्वजनिक बिदामा नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विद्यालय र बैंक तथा वित्तीय संस्था बन्द रहने नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय बिदा दिँदै आएको छ । शुक्लागण्डकी नगरपालिका–४ र ८ मा सेती नदी किनारमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । सेतीमा स्नान गर्ने र पूजा अर्चना गर्न तनहुँसँगै कास्की र स्याङ्जाको गाउँगाउँबाट भक्तजन आउने गरेका छन् ।