पोखरा – कास्की जिल्लाका ३ स्थानीय तहले गुरुङ जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेंका अवसरमा भोलि मंगलबार स्थानीय बिदा दिएका छन् ।
कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका छन् ।
गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका छन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेंको शुभकामना समेत दिएका छन् ।
गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटें पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टे’ भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ ।
गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रूपमा ट्होटें मनाउने गर्दछन् ।




प्रतिक्रिया