भोलि चैते दशैंको सार्वजनिक बिदा

भोलि चैते दशैंको सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अछामको मंगलसेन नगरपालिकाले चैते दशैंको अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा गरेको छ ।

नगरपालिकाले सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर वैशाख ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वैशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी जुपू खोलामा दशैं मेला लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगर कार्यपालिकाको १०औं बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन (चैत शुक्ल अष्ठमी) चैते दशैं धुमधामका साथ मनाउने गरिन्छ ।