राधाकृष्ण रथयात्राको अवसरमा भोलि कोशी प्रदेशभर सार्वजनिक बिदा

राधाकृष्ण रथयात्राको अवसरमा भोलि कोशी प्रदेशभर सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मंगलबार राधाकृष्ण रथयात्राको अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले रथयात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको राजधानी शहर विराटनगरमा मंगलबार राधाकृष्ण रथयात्रा निकाल्ने तयारी छ । विराटनगरमा ९३ वर्षदेखि रथयात्रा हुँदै आएको छ ।

तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले २०८० चैत ९ गते राधाकृष्ण रथयात्रामा बिदा दिने निर्णय गरेपछि रथयात्रामा सार्वजनिक बिदा दिन थालिएको छ । प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर ६ वटा बिदा दिँदै आएको छ ।