कीर्तिपुरमा पर्सि सार्वजनिक बिदा

कीर्तिपुरमा पर्सि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुर नगरपालिकाले सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा पर्सि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आईतबारको बैठकले बिदाको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्तिपीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।

काठमाण्डुको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार मंसिर २५ गते मंगलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् ।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको २ स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ ।