काठमाडौं– गृहमन्त्रालयले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयद्धारा बिहिवार एक विज्ञप्ती जारी गर्दै शुक्रबार हजरत मुहम्मल सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरेको जनाएको छ ।
बोसल्लम इस्लाम धर्मका प्रवर्तक हुन् । नेपालका मुस्लिम समुदायले उनको जन्मदिन मनाउने भएकाले विदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
आउदो आइतबार उधौली पर्व भएकाले सार्वजनिक विदा छ । अव सोमबारमात्रै सरकारी कार्यालय खुल्नेछन् ।
त्यसैगरी आउदो मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थाहरु समेत मंसिर २२ सम्मका लागी बन्द छन् । सरकारले चुनावलाई ध्यान दिएर ४ दिन सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।




प्रतिक्रिया