अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान

अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आमनिर्वाचन आउन १ हप्ता बाँकी रहँदै प्रारम्भिक मतदान गरेका छन् ।

आफ्नो स्वास्थ्यबारे बढ्दो चिन्ता र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाबारे डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनः निर्वाचन अभियान समाप्त गर्ने निर्णय गरेको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गरेका छन् ।

राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करीब ४० मिनेट लाइनमा पर्खिएका थिए ।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि ५ नोभेम्बरमा मतदान हुँदैछ ।