बाइडन कार्यकालमा करिब ९ हजार नेपाली बिना भिसा अमेरिका प्रवेश

बाइडन कार्यकालमा करिब ९ हजार नेपाली बिना भिसा अमेरिका प्रवेश


काठमाण्डु- अमेरिकाका निर्वतमान राष्ट्रपति जो बाइडनको कार्यकालमा करिब ९ हजार नेपाली बिना भिसा अमेरिका प्रवेश गरेको पाइएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)को तथ्यांकबाट अजुरा करिब ९ हजार नेपाली बिना भिसा अमेरिका पुगेको तथ्य खुलेको हो । राष्ट्रव्यापी यूएस बोर्डर पेट्रोलको रेकर्डअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा चार वर्षमा कुल १८ सय ५० नेपाली अमेरिका गएका थिए ।

आर्थिक अवस्था, प्रवासनका नयाँ मार्गहरू वा तस्करी नेटवर्कहरूको प्रभावका कारण नेपालीहरू अमेरिका प्रवेश गर्नेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

अमेरिकाबाट सञ्चालित नेपाली अनलाईन नेपवर्कका अनुसार वर्तमान राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको चार वर्षमा १,८५० नेपाली युएस बोर्ड प्रेट्रोल ( युएसबी) मा रेकर्ड गरिएका थिए ।

सेप्टेम्बर २०२४ मा डीएचएसले युएसबीमा ३६० नेपालीलाई रेकर्ड गरेको थियो । जबकी सोही वर्ष अगस्टमा यो संख्या २६० थियो । यी मध्ये धेरै व्यक्तिहरूले अमेरिकामा प्रवेश गर्न सहज बनाउन तस्करहरूलाई हजारौं डलर तिरेको बताइएको छ ।

डीएचएसले आशंका, अस्वीकार्य, र निष्कासन गरी तीन फरक समूहमा आप्रवासीलाई वर्गीकृत गर्छ ।