बाइडेको विदेश नीतिमा परिवर्तन :यमनमा अमेरिकाले युद्धको समर्थन नगर्ने

बाइडेको विदेश नीतिमा परिवर्तन :यमनमा अमेरिकाले युद्धको समर्थन नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले यमनमा भइरहेका आक्रामक कारबाही अब समर्थन  नगर्ने भएकाे छ। यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको छ जसमा १ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भने, ‘यमनमा अब युद्ध अन्त्य हुनुपर्छ ।’

बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो। सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो। त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको थियाे।

बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ। त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ। बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो। बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ। उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन्।

यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ। ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो। गत महिना ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले हुथीहरूलाई “आतङ्कवादी सङ्गठन” को संज्ञा दिन लागिएको बताएका थिए।

गत महिना कार्यालय छोडेका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिहरूलाई बाइडनको वक्तव्यले भङ्ग गरेको छ। बाइडनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन्। तिनीहरूमा शरणार्थी मामिला र जर्मनीबाट अमेरिकी सेनालाई फिर्ता गर्ने भन्ने यसअघिको निर्णय उल्ट्याउने लगायतका निर्णयहरू छन्।